बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

राजनीति विचार समाचार
Spread the love

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् ।

हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको बारा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संवेदनशील जिल्ला पनि हो । त्यसैले बारामा चुनौतीसँगै काम गर्नुपर्ने बाध्यता थियो ।

उनले बारा जिल्लाको कमाण्ड सम्हालेको चार महिना मात्र पुगेको छ । नेपाल प्रहरी संगठनकै साखः जोगाउन तल्लीन एसपी काफ्लेले बारा जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव त गरे, सँग दिनहुँजसो आपराधिक गतिविधि पनि भइरह्यो ।

एसपी काफ्ले बारामा हाजिर भएको केहीदिनमै नेपाल भारतको दसगजा पिपरपातिमा नेपाली नागरिक अजित सिंहको शव भेटियो । नेपाल भारत सिमाना नजिकै भएको हुनाले सिंहको हत्यापछि घटनामा संलग्न व्यक्तिहरु भारत भागेको प्रहरीले अनुमान गर्यो । तर, काफ्लेले उक्त अनुसन्धानमा हरेस खाएनन् ।

काम गर्ने सिलसिलामा अलि अलि बाधा अड्चन आउनु स्वभाविक रहेको एसपी काफ्लेको बुझाइ छ । एसपी काफ्ले भन्छन्, ‘घटना भयो भनेर हरेस खाने होइन, त्यसलाई कसरी सुल्झाउने भन्ने पहिलो प्रश्न रहन्छ । मेरो टिमले त्यहिअनुसार काम गरेको छ र गर्छ ।’

सोहीअनुसार काम गर्दा एसपी काफ्लेको टिमले ७ दिनभित्र सिंहको हत्याको उद्देश्य र हत्याराको नाम सार्वजनिक गर्न सफल भयो । हत्याको मूल कारण परस्त्रीगमन अर्थात मृतकको पत्नीसँग पर पुरुषको सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । पहिलो सफलतामा नै एसपी काफ्लेको चर्चा चुलिएको हो ।

त्यस्तै १३ कात्तिकमा बाल एकता विद्यालयको प्रिन्सिपल रुपेश सर्राफको हत्या भयो । उनको हत्या भारतीय आपराधिक समूहको गोली र नेपाली लगानीकर्ताको साझा प्रयासबाट भएको प्रहरी अनुसन्धानबाट खुल्यो । तर, एसपी काफ्लेले हत्याको ३ घण्टाभित्र हत्याको मुख्य कारण रहेकी राधा गुप्ता र अन्य सहयोगीलाई पक्राउ गरे ।

हत्याको मूल कारण अनैतिक सम्बन्ध रहेको प्रमाणसहित जानकारी सार्वजनिक गरे पछि विद्यालय प्रशासन आतंकित भयो । घटनामा केही व्यक्ति पक्राउ परे पनि मुख्य सुटर र योजनाकार पक्राउ परेका थिएनन् । तर, यस घटनामा पनि एसपी काफ्ले सफलता हात पार्नेमा ढुक्क थिए ।

प्रहरी अनुसन्धानमा सर्राफको हत्या चंचल पाण्डेको नेतृत्वमा भएको थियो । हत्यारा गोली चलाउने मूल सुटर भारतीय नागरिक सुजित सिंह थिए । हत्याको योजनाकार मनोज गुप्ता थिए भने हत्याको लगानीकर्ता नेपाली नागरिक बालएकता विद्यालय सम्बद्ध व्यक्ति एवं सुन तस्कर समूहका थिए ।

एसपी काफ्लेले पहिलो चरणमा प्रमुख सुटर सिंहलाई पक्राउ गर्ने योजना बनाए । सिंह नेपालमा ३ हत्या गरेको र भारतमा सात हत्या गरेका (सार्प) सुटर हुन् । सिंहमाथि भारतमा करोडौँको लुटपाट गरेको मुद्दा चलिरहेको छ । नेपालमा फिरौती उठाउने गरेको जानकारी एसपी काफ्लेले प्राप्त गरिसकेका थिए ।

सुटर सिंह भारतीय नागरिक भएको कारण भारतबाट पक्राउ गर्न सम्भव नभएपछि सिंहको नेपालको कडि प्रहरीले खोज्न थाल्यो । सिंहको प्रेमीका नेपाली केटी रहिछन् । प्रेमीकालाई दवाव दिएर सिंहलाई नेपाल–भारतको सिमाना आउन बाध्य बनाए । सिंह नेपाल आएको खबर पाउनासाथ उम्कीन नदिई गोली हानी पक्राउ गरे ।

यसरी उनको चार महिने कार्यकालमा गोली काण्डदेखि मान्छे मार्नेसम्मको काम भयो । तर, घटनामा संलग्न व्यक्तिहरु सुरुमा फरार भए । तर, एसपी काफ्लेले अनेकन जुक्ति लगाएर भएपनि उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

त्यस्तै राजस्व चुहावटमा मतियार बनी महिनावारी उठाउने मधेशको प्रहरी प्रशासनको नियति रहेको छ । तर, एसपी काफ्लेको नेतृत्वमा बारा प्रहरीले ३ महिनामा २७ करोडको राजश्व छलि भएको सामान बरामद गर्न सफल भएको छ ।

वीरगञ्जको तस्कर समूहले भन्सार विन्दुमा महंगो वस्तुको थोरै मुल्यांकनगरि राजश्व छल्ने, आधा ट्रक विल भएको आधा ट्रक विल नभएको सामान पढाई राजस्व छल्ने र नदीजन्य विलको आधारमा कपडा, मोटर पार्ट पठाउने काम गरिरहेका छन् । तर, एसपी काफ्लेले उनीहरुको निरहदाम पारिदिएका छन् ।

त्यतिमात्र नभएर गत बुधवार १८ गते प्रहरी भ्यान राजश्व अनुसन्धान कार्यालय पथलैया पुगेपछि राजश्वका कर्मचारी भागाभाग समेत भएको थियो । आइन्दा तस्करीको सामान पक्राउ गरेपछि प्रहरीको रोहबरमा पारदर्शी मुल्यांकन र सामान जाँच गर्ने प्रतिवद्धता गरेपछि प्रहरी भ्यान फिर्ता भएको थियो ।

जसकारण छोटै समयमा बारा जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल भएका छन् एसपी काफ्ले ।
स्कोप खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *