I’m तुलसीपुरमा वर्षेनी विवादमा आउने एउटा सन्दर्भ हो–महोत्सव । कृषि,पर्यटनका नाममा लाग्ने ति महोत्सवमा न त कुनै कृषिका आकर्षक सामग्री हुन्छन्, न त कुनै पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने कुरा नै । तर, प्रत्येक वर्ष यसैको नाम भजाएर मेला, महोत्सव लगाउने गरिन्छ । त्यसमा पनि हानथाप हुन्छ । एउटा संस्थाले महोत्सव लगाउने हो भने अरू संस्थाले विरोध गर्छन् । उद्योगी ब्यापारीहरूको संगठन भएकाले उद्योग वाणिज्यसंघहरूले बढि आफूले लगाउने कुरामा दावा गर्छन् ।
यस वर्ष पनि तुलसीपुरमा महोत्सव लगाउने कुराको चर्चा भइरहदा विरोध सिर्जना भएको छ । विगतमा अन्य संस्थाहरूले महोत्सव लगाउँदा विरोध गर्ने उद्योग वाणिज्य संघले अहिले आफैले महोत्सव लगाउन खोजेको भन्दै विरोध हुने गरेको छ । ब्यबसायीको हितमा विगतमा लगाएका महोत्सव पनि थिएनन्, अहिलेको महोत्सव पनि व्यबसायीहरूको हितमा छैन । महासोत्सवमा स्थानीय ब्यासायलाई प्रोत्साहन भन्दा पनि विदेशी ब्यबसायीहरूलाई नै फाइदा पु¥याउछ । महोत्सवमा स्थानीय उत्पादन विरलै हुन्छन् । महोत्सवमा आवश्यक पर्ने अधिकांस सामग्री भारतबाट आउछन् । भारतीय ब्यापारीहरूकै बढि स्टल हुन्छन् । त्यसले गर्दा स्थानीय ब्यबसायीहरूलाई नै असर गरिरहेको हुन्छ ।
महोत्सवका सन्दर्भमा यस क्षेत्रका ब्यबसायी तथा सरोकारवाला निकाय एकजुट हुनुपर्छ । कुनै उद्देश्यविना महोत्सव लगाउँदा त्यसले ब्यबसायसहित अन्य क्षेत्रमा पार्ने नकारात्मक प्रभाबको मूल्यांकन गरेर मात्रै महोत्सव चलाउनु पर्छ । विगतजस्तो कलाकार ल्याएर भिड जम्मा गर्ने र भारतीय सामग्रीको ब्यापार गर्ने थलो बनाउने हो, भने त्यो महोत्सवको कुनै अर्थ रहदैन । महोत्सव लगाउँदा स्थानीय उत्पादनको बजारीकरण र यहाँको पर्यटनको प्रबद्र्धन गर्ने कुरालाई ध्यानमा राख्नु पर्छ । स्टलहरू पनि स्थानीय ब्यबसायीहरूलाई नै प्राथमिकता दिनुपर्छ । आम्दानीलाई एउटा उपलब्धिमुलक ठाउँमा लगाउनु पर्छ । तर, आफू आयोजक जस्तो देखिने, जिम्मा सबै ठेकेदारलाई दिने र महोत्सव सधै घाटामा देखाएर राज्यलाई करमा ठगी गर्ने प्रचलनको अन्त्य नहुँने हो भने अहिलेको महोत्सवको कुनै अर्थ रहदैन । त्यसैले विरोधको शैलीलाई यी उपलब्धी हाँसिल गराउन तर्फ ध्यान दिनुपर्छ । अन्यथा विरोधकालागि मात्रै विरोध गर्ने र कुनै उपलब्धी नहुँने हो भने त्यो विरोधले कुनै अर्थ राख्दैन ।