धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले एक विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ मेयर भएपछि निरन्तर रूपमा अराजक, मनोमानी र उद्दण्ड रुपमा प्रस्तुत भएको बताएका छन् ।साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले यसको बिरोध गरेको हो ।