घोराही । उपचार खर्च नपुगेपछि घोराही–१५ बुद्धिग्यारेज नजिक भाडामा बस्ने तुलाराम वलीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरेर सहयोग माग गर्नुभएको छ ।
खेतबारी बेचेर क्रसर खोलेको र त्यो पनि डुबेपछि भाडामा बस्न थालेको बताउनुभयो । उहाँका अनुसार यसै बेला लिभर प्रत्यारोपन गर्न ५० लाख रुपैयाँ जति लाग्ने भएको छ । ‘मसित भएको वाइक बेचेर, सरसापटी गरेर १५÷२० लाख जुटाउन सकिएला’– वलीले भन्नुभयो– ‘सबै पैसा जुटाउन नसक्ने भएँ ।’ उहाँकाअनुसार खाएको पचाउने औषधिको सहायताले हो । अब धेरै औषधि खाए किड्नी खराब गर्छ छिटो अप्रेसन गर भनेको छ । ४४ वर्षीय वलीका अनुसार उपचारमा जानका लागि पैसा जुटाउन सकिएको छैन ।
छिटो अप्रेसन गर भनेको छ । हल्का खाना खानुपर्छ । उहाँका अनुसार परिवारमा श्रीमती र एक छोरी छन् । उहाँले ग्लोबल आइएमइ बैंकको खाता नं. ०४१०७०१०००१०९० मा जम्मा गरी सहयोग दिन आग्रह गर्नुभएको छ ।