भालुवाङ, मंसिर २८ । मलुकमा चौतर्फी संकट र निराशा छाई रहेको गुनासाहरु बढि रहेको समयमा प्रभावकारी तवरले मुलुक चलाउने योजना घोराहीमा बनेको छ ।
घोराही-१८ रझेनास्थित मावि रझेनाको सभाकक्षमा आयोजित नमूना सांसद अभ्यास कार्यक्रममा सहभागि विद्यार्थीहरुले सरकार सञ्चालन गर्दा प्रधानमन्त्री देखि मन्त्रीसम्म, प्रतिपक्षी देखि प्रमुख प्रतिपक्षीसम्म, सांसद देखि सरोकार वालाहरुले निभाउनुपर्ने भूमिका, बनाउनुपर्ने योजना, व्यर्वास्थत तरिकाले सरकार सञ्चालन गर्ने देखि आवश्यकताका आधारमा विनियोजन गर्नुपर्ने बजेटलगायतका विषयमा सबैको भूमिका देश र जनताप्रति समर्पित हुने किसिमको भएमा मुलुक क्रमशः न्यायामा आधारित समृद्धि र विकास तर्फ उन्मूख हुने निष्कर्ष निकालेका छन् ।
मावि रझेना (रझेना प्राविधिक शिक्षालय को आयोजना एवं नयाँ युवा नयाँ साँच नेपालको सहकार्यमा आयोजित दुईदिने युवा नमूना संसद मावि रझेना-२०८० प्रशिक्षण कार्यक्रममा सहभागि विद्यार्थीहरुले पछिल्लो समयमा युवाहरु देशवाट पलायन भैरहेको, रोजगारमा तिब्र कटौती भएको, समाजमा आर्थिक संकट चुलिदै गएकाले यसबाट पार पाउन सरकारमा सहभागि सबै, संसदमा सहभागि सबै, राज्यका अन्य सबै निकायहरु, नागरिक समाज सबैले सकारात्मक भूमिकाको खोजि गर्नुपर्ने समय आएको धारणा बनाएका छन् ।
सरकारमा चलनचल्तिमा रहेका सबै मन्त्रालयका मन्त्रीहरु, प्रधानमन्त्री, सत्तापक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सांसदहरु विद्यार्थीहरुलाई बनाएर दुई रोहमा बाँडेर सञ्चालन गरिएको नमूना संसद अभ्यास कार्यक्रममा प्रधानमन्त्रीको भूमिकामा रहेका प्रेम बिक, गृहमन्त्री टोपलाल पाण्डे, शिक्षामन्त्री सुस्मिता श्रेष्ठ, महिला, बालवालिका तथा युवा मन्त्री रबिना कोइराला, उद्योग वाणिज्यमन्त्री यलिशा क्षेत्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री करिष्मा गुरुडलगायतका मन्त्रीको भूमिकामा रहेकाहरुले आ-आफ्नो मन्त्रालयले गरिरहेका र गर्न सक्ने कामको बारेमा संसदमा जानकारी गराएका थिए। संघीय सदन चलेकै भान आउने उक्त कार्यक्रममा मर्यादापाल, संसद सचिवालयहरुमा रहेकाहरुले आफ्नो भूमिका निर्वाह गरिरहेका थिए भने सभामुख बिनोद खत्रीले संसदलाई रुलिङ गरिरहनु भएको थियो ।
मावि रझेनामा कक्षा ११ र १२ का ७० जना विद्यार्थी तथा दश कक्षामा अध्ययन गरिरहेका विद्यार्थी, एवं शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा नमूना संसदमा चलेको वहस, बनाइएको योजनालाई वर्तमान सरकार र सदनले लागू गरेमा मात्र पनि मुलुक समृद्ध हुन सक्छकि भन्ने आभाष कार्यक्रममा सहभागि अतिथिहरुले गरेका थिए। कार्यक्रममा नमूना संसद एवं मन्त्री, प्रधामन्त्रीहरुले मुलुकभित्र मल उद्योग निर्माण गर्ने, स्वास्थ्य, शिक्षा, रोजगार को प्रशस्त व्यवस्था गर्ने, युवाहरुलाई विदेश पलायन हुन बाट रोक्न योजना बनाउने, कृषिलाई आधुनिकिकरण गर्ने, बजार व्यवस्थित बनाउने, सडक पर्वाधार बलियो बनाउनेलगायतका दर्जनौ मुलुकका लागि आवश्यक कार्यहरु गर्नैपर्ने विषय सूचनामा राखिएको जानकारी गराएका थिए ।
विद्यालय कार्यक्रम सहभागि विद्यार्थीहरुका लागि प्रमाणपत्रको समेत व्यवस्था मिलाएको थियो। कार्यक्रममा नयाँ सोँच नेपालका बिनोद खत्री, मुकुन्द बडेललगायतकाले प्रशिक्षण दिनुभएको थियो ।
यसैबीच नमूना संसद कार्यक्रमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयमा नमूना संसदको अभ्यास गरेर विद्यार्थीहरुला राज्यको नीति, नियम, कानून सम्बन्धि जानकारी दिनु सकारात्मक कार्य भएको बताएका छन् विद्यालयका प्रअ उद्धव न्यौपानेको अध्यक्षत्तामा सम्पन्न समापन्ना कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशा सांसद सीता चौधरीले हरेक विद्यालयमा विद्यार्थीलाई जागरुक बनाउन यस प्रकारको कार्यक्रम आवश्यक रहेको बताउनुभयो विशिष्ठ अतिथि घोराही उपमहागर पालिकाका उपप्रमुख हुमा डिसीले घोराहीका सबै विद्यालयमा विद्यार्थीलाई जागरुक, जिज्ञासु सिर्जनशील एवं उर्जावान बनाउनक यसप्रकारको कार्यक्रम नियमितरुपमा गर्नुपर्ने धारणा राख्नुभयो । सो अबसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविना प्रियासन, विद्यालय व्यवस्थापनक समितिका सदस्य निदेश अधिकारी विद्यार्थीहरु मोहना आचार्य, प्रेमा विश्वकर्मा, टोपजंग खत्रीले बोल्न भएको थियो ।
गणतन्त्र राष्ट्रिय दैनिकबाट