प्रमुख प्रशासकीय अधिकृतको विषयमा भएको झडपमा एकको मृत्यु

समाचार
Spread the love

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको विवाद उग्ररूप लिएको छ । असन्तुष्ट पक्ष र प्रहरीबीच झडप भएपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरिएको छ ।

सोही क्रममा एक जनाको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ बस्ने लक्ष्मी मुखिया रहेको प्रजिअ सापकोटाले बताए ।

कर्मचारी र स्थानीयबासीहरु समेत विरोध गरेर मेयर र प्रमुख प्रशासकीय सवार गाडीमाथि तोडफोड गरेका थिए। साथै आन्दोलनकारीहरूले गाडीमा आगजनी गर्न खोज्दा प्रहरीले ३० राउण्ड हवाई फायरसहित अश्रु ग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार झडपमा परि १० जना प्रहरी घाइते भएका छन् । एक जनाको गम्भीर अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *