खाना पकाउदा धोतीमा सल्केको आगोले जलेर तुलसीपुरमा एक जना घाइते

समाचार
Spread the love

दाङ,२२ मंसिर ।

दाङमा खाना पकाउने क्रममा आगोले जलेर एक जना  घाइते भएका छन । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ बम्नैका ६९ बर्षिय दुर्पता जैशी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचनद्र मल्लले जानकारी दिनुभयो ।

शुक्रबार बेलीकी करिब ६ बजेको समयमा बम्नै मा रहेको आफ्नै  घरको छतमा खाना पकाउने क्रममा आफैले लगाएको धोतीबाट आगो सल्किदा आगोले  छात्ति र खुट्टा जलेर घाईते भएको प्रबक्ता मल्लले जानकारी दिनुभयो।

घाइते जैशीलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारकोलागी भेरी अस्पताल नेपालगन्ज रिफर गरीएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *