दाङमा एचआईभी संक्रमित बढ्दै, सबैभन्दा बढी संक्रमित घोराहीमा

समाचार
Spread the love

वाड, मंसिर १५ । मानवीय लापरवाहीका कारण दाङमा पछिल्ली समय एचआइभी संक्रमण बहुन भानेको छ। अघिल्ना तीन चार वर्षमा न्यूनीकरण हुन थालेको एचआईभी संक्रमितको संख्या पछिल्लो समय पुन: बडून बालेको जिल्ला स्वास्थ्य कार्यालयय दाइने जनाएको छ ।

दाङमा एचआईभी संक्रमितको संख्या ४ सय ५ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याइक छ। जसमध्ये २ सय १२ पुरुष, १ सय ८७ जना महिला र ६ तेश्रोलिंगी समुदायका संक्रमित रहेको कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुंवरने जानकारी दिनुभयो। जसमा १७ जना बालवालिका रहेका छन् ।

उहाँका अनुसार जिल्लामा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा ६७ जना पुरुष, ५५ महिला र ३ जना अन्य गरी १ सय २५ जना एचआईभीका संक्रमित रहेका छन्। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ६१ पुरुष, ४४ महिला र १ जना अन्य गरेर १ सय ६ जना, लमही नगरपालिकामा १६ जना पुरुष, १३ जना महिला र २ जना अन्य गरेर ३१ जना, राप्ती गाउँपालिकामा १४ जना पुरुष र १७ जना महिला गरी ३१ जना, बबई गाउँपालिकामा १२ जना पुरुष र १७ जना महिला, बंगलाचुली गाउँपलिकामा १६ जना पुरुष र १० जना महिला गरी २६ जना, शान्तिनगर गाउँपालिकामा ८ जना पुरुष २७ जना महिला गरेर १५ जना, दगीशरण गाउँपालिकामा ९ जना महिला र ४ जना पुरुष गरेर १३ जना, राजपुर गाउँपलिकामा १० जना पुरुष र ६ जना महिला गरेर १६ जना र गडवा गाउँपालिकामा महिला र पुरुष ३३ जना गरेर ६ जनामा एचआईभी संक्रमित रहेको कुंवरले जानकारी दिनुभयो । सल्यान घरभई बाडमा बसोवास गर्ने १ जना पुरुष र ५ जना महिला गरेर ६ जना र प्युठान निवासी १ जना महिलामा पनि एचआईभी संक्रमण देखिएको छ। जसमध्ये चालू आर्थिक वर्षको चार महिनामै ४० जना एचआईभी संक्रमित थपिएको कार्यालय प्रमुख कुंवरले बताउनुभयो ।

जिल्लामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा संक्रमितको नियमित स्वास्थ्य परिक्षणसंगै औषधि उपचार गर्ने काम भइरहेको प्रतिष्ठानकी एआरटी काउन्सिलर तारा विसीले बताउनुभयो । उहाँका अनुसार एचआईभी संक्रमितका लागि जिल्लामा दुई वटा एआरटी सेन्टर। एन्टिरेक्ट्रो भाइरल बेरापी केन्द्र रहेका छन्। संक्रमितमध्ये घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय ४७ जनाले नियमित सेवा लिइरहनुभएको छ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय दाइसँगै एचआईभी एड्सका क्षेत्रमा काम गर्न विभिन्न संघसंस्थाहरुले ३२ औं विश्व एड्स दिवस मनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय दाङ र घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाको आयोजना तथा नेपाल परिवार नियोजन दाइ शाखा, वाड प्लस, मानव स्वास्थ्य समाज, परिवर्तन समूह र नागांजून डेभलभवमेन्ट केन्द्रले सहकार्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सचेतनामुलक कार्यक्रममा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समय मानवीय लापरवाहीसंगै लागुऔषध दुव्यसनी, रोजगारीका क्रममा भारत जाने आप्रवासीका कारण जिल्लामा संक्रमितको संख्या बढ़ने गरेको भन्दै न्यूनीकरणका लागि स्थानीय सरकार तथा संघसंस्थाका बीचमा समन्वय आवश्यक रहेको बताएका थिए ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एआरटी काउन्सिलर तारा जिसी, नेपाल परिवार नियोजन दाङ शाखाका स्टाफ नर्म सरिता तामाङ, दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपाली, मानव स्वास्थ्य समाजका कार्यक्रम संयोजक जुनु चौधरी, परिवर्तन समूहका हरि पौडेल र नागांजून डेभलभवमेन्ट केन्द्रका कगा पनलगायतले मन्तव्य व्यक्त गर्नुभए‌को थियो ।

गणतन्त्र राष्ट्रिय दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *