दैनिक पाठयोजना बनाएर कक्षा कोठामा जान शिक्षकहरुलाई मावी सौडियार शिक्षक अभिभाबक संघको आग्रह

शिक्षा समाचार
Spread the love

दाङ । माबी सौडियारको शिक्षक अभिभाबक संघको बैठकले बिद्यालयको शैक्षिक अबस्था सुधार गर्न शिक्षकहरुलाई दैनिक पाठ योजना बनाएर मात्र कक्षा कोठामा प्रबेश गर्न आग्रह गरेको छ । बिद्यालय ब्यबस्थापन समितीको आग्रहलाई कार्यान्वयन गर्ने गरि अघि बढ्ने योजना अनुरुप शिक्षक अभिभाबक संघले दैनिक पाठयोजना बनाएर कक्षा कोठामा शिक्षक जादा शिक्षण सिकाई प्रभाबकारी हुने भएकाले सोही अनुसार कार्य गर्न र यसलाई ब्याबहारिकरुपमा कार्यान्वयन गर्न बिद्यालयका प्रअलाई आग्रह गरिएको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताए । बिब्यस सदस्य जिउधन चौधरीले शिक्षण सिकाईलाई ब्यबस्थित गर्न दैनिक पाठयोजना निर्माणलाई अघि बढाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *