को सेलिब्रेटी ?

विचार
Spread the love

टेलर स्विफ्ट ३३ बर्षिय एक चर्चित अमेरिकन गायिका तथा गितकार हुन । विशेष गरि यिनको अत्यन्तै बिलासी जिवनशैली सधै समाचार शिर्षक रहने गर्छ ।

सन् २०२२ को पहिलो २०० दिनहरु मध्ये यिनि १५.९ दिन (३८१.६घण्टा) आफ्नो निजि हवाइजहाजमा आकाशमै रहिन । त्यस क्रममा उत्सर्जित जम्मा कार्वन ( CO2) को तौल ८२९३ मेट्रीक टन रह्यो । यो भनेको १७६४४ जना नेपालिले बर्षभरिमा गर्ने कार्वन उत्सर्जन बराबर हो (नेपालीको औषत कार्वन फुट प्रीन्ट ०.४३ मेट्रीक टन प्रती बर्ष छ ) ।

सामान्य अर्थमा कार्वन उत्सर्जन भनेको हाम्रो पृथ्वी तताउने, पृथ्वीको स्वास्थ्य बिगार्ने, बायुमण्डल प्रदुषित गर्ने र अनेक बिपत्ती निम्त्याउने एक तत्व हो ।

यी ‘सेलिब्रेटि’ पर्याबरण ध्वस्त बनाउनेहरुको लाइनको पहिलो पङ्क्तीमा रहेपनी त्यसको पर्यावरणिय क्षतिको असर भोग्नेको पङ्क्तिमा भने पुछारमा हुन्छिन । किनकी यिनी सङ्ग टन्न पैसा छ । पहिलो पङ्क्तिमा त गरिव, किसान र पर्यावरणिय जोखिमको भुगिलमा बसोबास गर्ने पृथ्वीबासि नै हुन्छन । जलबायु परिबर्तनले भुगोल चिन्दैन । यी अमेरिकन गायिकाको क्षेत्र मात्र तात्दैन सारा पृथ्वी नै तात्ने हो ।

हाम्रै छिमेकको सेलिब्रेटिहरुमा प्राइभेट जेट प्रयोग गर्ने पहिलो बलिवुड ‘स्टार’ अजय देबगन हुन ।अहिले त दर्जनौ बलिवुडकर्मी सङ्ग प्राइभेट जेट छ । जेट मात्र नभई फास्ट फेसन, सौन्द्रय सामाग्री र बिलासी जिवनशैलिका कारण समग्रमा यिनिहरुको कार्वनफुट प्रीन्ट औषत पृथ्वीबासिको भन्दा सयौं/हजारौ गुणा बढी छ । तर हाम्रा लागि ‘नायक’ हुन ‘नायिका’ हुन ‘सेलिब्रेटि’ हुन, ‘आदर्श’ हुन ।

सेलिब्रेटिको परिभाषा बदलौँ यार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *