सानीभेरी गाउँपालिकाद्वारा भूकम्पबाट भएको क्षेतिको स्थलगत अनुगमन सुरु

समाचार
Spread the love

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले विनाशकारी भूकम्पबाट भएको क्षेतिको स्थलगत अनुगमन सुरु गरेको छ । गत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको विनाशकारी भूकम्प पछि वडाहरुमा राहत वितरणको अवस्था बुझ्न, घरहरुको क्षेतीको विवरण संकलन गर्न र आवश्यक अनुगमनका लागि पलिकाले अनुगमन सुरु गरेको हो ।

पालिकाले मंगलबार देखि अनुगमन सुरु गरेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले जानकारी दिनुभयो । पहिलो दिन सानीभेरी गाउँपालिका २ नम्बर वडाको १ सय ५० घर अनुगमन गरिएको बताइएको छ । त्यस्तै आज ८ नम्बर वडाको २ सय ५० घर अनुगमन गरिएको सानीभेरी गाउँपालिकाले जानकरी गराएको छ ।

गाउँपालिका अध्यक्ष बिष्टका अनुसार गाउँमा कुनै घर भत्किएको छ भने कोहि घरभित्र बस्न नमिल्ने गरी चर्किएको बताउनुभयो । यसको लागी पालिकाले छिटै अस्थाई बसोबासको टहरा निर्माणका लागि काम सुरु गर्ने बताइएको छ । पालिकाले वडागत अनुगमनलाई प्रथामिक्ता दिने र लगतै अन्य वडामा स्थलगत अनुगमन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *