काठमाडौं । नेपालकी होची महिला ईश्वरीमाया छिनालको निधन भएको छ। ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी दाङ लमही निवासी छिनाललाई नेपालकी होची महिला भनेर चिनाउने गरिएको थियो।
निमोनियालगायत रोगबाट ग्रसित छिनालको ३१ वर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार निधन भएको उनको परिवारका सदस्यले जानकारी दिएका छन्।
रुकुम जिल्लामा जन्मिएकी छिनाल ०५५ सालदेखि लमही नगरपालिका–६ घोँडेबासमा बस्दै आएकी थिइन् । चार भाइबहिनीमध्ये उनी जेठी हुन् । दुई छोरा र दुई छोरीमध्ये अन्य सबै सामान्य उचाइका छन् ।