धरौटिमा छुटेका बलात्कार मुद्धाका आरोपी मार्सल रोकालाई थुनेर कारबाही गर्न उच्च अदालतको आदेश

समाचार
Spread the love

दाङ : धरौटिमा छुटेका बलात्कार मुद्धाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई थुनेर कारबाही गर्न उच्च अदालतको आदेश दिएको छ । बलात्कार मुद्धामा पिडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनराबेदन गरेकि थिइन । जिल्ला सरकारी वकिल कार्यालय घोराहीले मार्सल विरुद्ध बलात्कार मुद्धामा दाङ जिल्ला अदालतमा जाहेरी दर्ता पछि थुनछेक आदेश गर्नेक्रममा अदालतले धरौटिमा छोड्न आदेश गरेको थियो । जिल्ला अदालतको आदेश उल्टयाउदै उच्च अदालत तुलसीपुरले गएको बिहिबार थुनेर कारबाही गर्न आदेश गरेको उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिबक्ता मोहन सागर बस्यालले बताए। उच्च अदालतका मुख्य न्यायाधिस रत्नबहादुर बाग्चन्द र उच्चकै न्यायाधिश अच्युतम कुमार आचार्यको इजलाशले उक्त आदेश गर्दै मार्सललाई थुनेर कारबाही गर्न आदेश दिएको छ ।

युवा वैज्ञानिकका रुपमा चर्चा कमाएका मार्सललाई जिल्ला अदालतले धरौटिमा छोड्न आदेश गरेपछि यसअघि उनि छुटेका थिए । रोकालाइ उच्चले अब तारिख नदिएपछि प्रहरीलाई पक्राउ गर्ने बाटाे खुल्ने उच्च सरकारी वकिलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *