दाङ, ५ कार्तिक । दाङको घोराहीबाट सञ्चालित कोसेली बेकरीले आफ्नो पाँचौ शाखा विस्तार गरेको छ । बि. एन.फुड प्रालिद्धारा सञ्चालित कोसेली वेकरीले घोराही १४ लखनपार्कमा आफ्नो पाँचौ शाखा विस्तार गरिएको बेकरीका सञ्चालक नरेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
आईतबार वडा दशैको आठौ दिन महाअष्टमीका अवसरमा श्रेष्ठकी नातिनी कृपाश्री जिएमले पानसमा बत्ति बाल्नु भएको थियो भने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले रिवन काटेर कोसेलीको लखनपार्कमा शाखाको उद्घाटन गर्नु भएको हो । कोसेली बेकरीले आफ्नो दोस्रो शाखा तुलसीपुरमा, लमहीमा तेस्रो शाखा हुदै यसवर्ष घोराही १७ भैसाहीमा उद्योग सञ्चालनमा ल्याउन सफल भएको छ । साथै विजया दशमी २०८० को शुभ अवसरमा घोराही १४ मा पाँचौ शाखाको उद्घाटन गरेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक श्रेष्ठका अनुसार उक्त शाखामा केक तथा वेकरीका परिवकारहरुका साथै कफीका पारखीहरुका लागि कफी मेसिन पनि राखिएको छ । विभिन्न स्वादका कफीका आईटमहरु पनि उक्त शाखामा उपलब्ध रहेका छन् ।
उद्घाटन कार्यक्रममा विभिन्न संघ, संस्था, उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, बैंकरहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।