घोराही, ६ कार्तिक । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० मा ३० लाख बढी आर्थिक संकलन भएको छ । महायज्ञ सञ्चालन भएको हिजो अन्तिम दिनसम्म करिव ३० लाख रुपैयाँ बढी आर्थिक संकलन भएको हो ।
नवदुर्गाको अवसरमा जिल्लाकै प्रशिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्वार तथा अन्य भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञमा प्रवभनसँगै भजन किर्तनलगायतका कार्यहरु भएका थिए । महायज्ञमा दिनहु नगद दानसँगै तुलादान,अन्नदानलगायत गर्ने व्यवस्था रहेको थियो । घट्स्थापनादेखि सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय हुनुहुन्थ्यो ।
महायज्ञमा प्रवचनसँगै रामलिलामा आधारित कथालाई नाटकिय रूपमा प्रदर्शनसँगै महायज्ञमा प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको थियो । महायज्ञमा कथाबाचन,राष्ट्रियस्तरमा कलाकारहरुद्वारा गरिने भजन किर्तन तथा, ब्रतबन्ध, देवलिला झाक्रीका साथै गंगा श्रृङ्गारिक आरती भएको थियो ।