लमही । लमही नगरपालिकाले हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा दशैं मिलन कार्यक्रम मनाएको छ । लमही नगरपालिकाकाप्रमुख जोगराज चौधरीले कार्यक्रममा बोल्दै चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताउनु भयो । पर्वलाई सस्कार रसंस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । त्यसैगरी नगर उपप्रमुख लक्ष्मीयोगीले नेपालीहरुको महान चाड घरघर भित्री सकेको भन्दै सबै नगरबासीहरुमा सुख शान्ती समृद्धिको कामना गर्नु भएको छ । प्रमुखप्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले नेपालीहरुको महान चाडले सबैको मनोकामना पूरा गरोस, सबैलाई सत्मार्गमा हिड्ने प्रेरणामिलोस भन्दै शुभकामना व्यक्त गर्नु भयो । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यवासायीहरुको हकहितका लागि आफुले पहल थाल्ने बताउनु भयो । स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर देउखुरी उद्योग वाणिज्य संघ अगाडी बढ्नेसमेत उहाँको भनाई छ ।
नगरपालिकाले भर्खरै निर्वाचित भएका देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत सम्मान समेत गरेको छ ।
गतवर्ष गढवा गाउँपालिकामा आयोजित फुटबल र गोरखा मोडेल स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता भएकोलमही नगरपालिकाको टिमलाई सम्मान गरिएको छ ।
पत्रकार भानु जोशी, वडा नम्बर -३ का वडाअध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर्न्प्रमुखजोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।