दाङ । दाङमा मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीया मीना चौधरीलाई पक्राउ गरेको छ ।
मीना चौधरीले बुधबार घोराही उप–महानगरपालिका–१८ पुष्पाञ्जलि टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा घोराही उप–महानगरपालिका–१० सौडिकुला बस्ने मीना चौधरीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेनदेनको विषयलाई लिएर मीना चौधरीले बिराज चौधरीको मोटरसाइकलमा आगो लगाएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको छ ।
आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।