रुकुमपूर्व । प्रेस सेन्टर नेपाल भूमे गाउँकमिटी रुकुमपूर्वकाे बिस्तारि बैठक सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल भूमे गाउँपालिका कमिटीको दोस्रो सम्मेलन तयारीका लागि १ जना थप गर्नेगरी ११ सदस्यीय तदर्स समिति गठन गरिएको हो ।
सिखर बिश्वकर्माको संयोजकत्वमा उक्त तदर्स समिति गठन गरिएको छ जसमा सम्भु केसी,तिलक बुढामगर,धनकुमार पुन मगर, बालाराम शेर्पाली, बिनिता बिष्ट, विनकुमारि पुन, मनथामी कामी, श्रीकृष्ण बुढा,सुन्दर बुढा सहित १ जना पछि थप गर्ने गरि तदर्थ समिति बनाइएको हो ।
प्रेस सेन्टर नेपाल भूमे गाउँपालिका अध्यक्ष धनकुमार पुन मगरको अध्यक्षतामा सुरु भएको उक्त बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य होम प्रकाश श्रेष्ठ (हिमाल) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य लालबहादुर बिसी (प्रभात) र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला स्कुलिङ बिभाग प्रमुख बसन्त बाँठामगरको विशेष आतित्थता रहेको थियो ।
त्यस्तै अतिथि हरुमा प्रेस सेन्टर नेपाल जिल्ला उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बिक्रम परियार, प्रेस सेन्टर नेपाल जिल्ला सचिवालय सदस्य चन्द्र रसाइली र जिल्ला सदस्य सिखर बिश्वकर्मा लगायतको उपस्थिति रहेको बैठकको सञ्चालन बालाराम शेर्पाली गर्नुभएको थियो ।