दाङ, असोज ४ । नेकपा एमाले, राप्रपा, बिप्लब नेतृत्वको नेकपा र मोटाे मसाल समर्थित संयुक्त ब्याबसायिक प्यानलले यहि असोज १३ गते हुन गइरहेको चुनाबमा किर्ते गरि रसिद काटेर उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरुको उम्मेद्वारी खारेजको माग दाबीसहित उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन । ब्यबसायिहरुले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दर्ता गरे लगत्तै उच्च अदालत तुलसीपुर पुगेर आज दिउसो रिट दर्ता गरेका हुन । उच्च अदालत तुलसीपुरका गोकर्ण वलिले उबासंघको निर्बाचन सम्बन्धि रिट दर्ता भएको र रिटमा अन्तरिम आदेश माग भएको बताए । उनले भोलि शुक्रबार नै अन्तरिम आदेश दिने नदिने बारेमा रिट सुनुवाई हुने पनि जानकारी दिए । निर्बाचन समितिले गैर कानुनिरुपमा उम्मेद्वार सदर गरेको भन्दै त्यसका विरुद्ध रिट लिएर ब्यबसायीहरु अदालत पुगेका हुन । भोलिको पेशीमा हुने रिटमा अन्तरिम आदेश नआए निर्बाचन प्रकृया अघि बढाउन बाटाे खुल्नेछ ।