बिवाह खर्च कटाएर बचत रकमबाट नब बिबाहित जोडिले गरे सामुदायिक बिद्यालयमा ५० हजारको अक्षयकोष स्थापना !

समाचार
Spread the love

दाङ, असोज ४ । दाङमा एक बिबाहित जोडीले विवाहको अवसरमा सामुदायिक बिद्यालयमा गरिब जेहन्दार अक्षयकोष स्थापना गर्ने भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं १ स्युजा निवासी गणेश विश्वकर्मा र पवित्र राईले आफूहरुको विवाहको उपलक्ष्यमा बंगलाचुलि गाउँपालिका वडा नं १ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा रु ५० हजार राशिको अक्षय कोष स्थापना गरेका हुन ।

आफूले एस. एल.सी उत्तिर्ण गरेको स्थानीय विद्यालयको बार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्र ,छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरी पढाइमा थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गर्न लागेको नव विवाहित जोडी बताए ।

समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उहाँहरूले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्र वैवाहिक अक्षयकोष खडा गरेको उनिहरुले जानकारी दिए । उनिहरुको यो विवाह अन्तर्जातीय विवाह समेत हो । विश्वकर्मा हाल बंगलाचुली गाउँकापालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायीक समितिका सदस्य समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *