दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व आज, लुम्बिनीमा सार्वजनिक विदा

खेलकुद/मनोरन्जन समाचार
Spread the love

दाङ- दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायको बाहुल्यता रहेका जिल्लामा आइतबार धुमधामका साथ अट्वारी पर्व मनाइँदैछ। यस पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्।

महत्त्वका साथ मनाइने पर्वमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई आज सार्वजनिक बिसदासमेत दिएको छ। द्वापर युग र दंगिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध रहेको धार्मिक विश्वास छ।

पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। यस्तै, भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ।

दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ। अट्वारी पर्व थारु समुदायको दसैंपछिको ठूलो चार्ड भएकाले यसको महत्व धेरै रहेको थारु संस्कृतीका ज्ञाता शेरबहादुर चौधरीले बताए। ‘यो आफ्नो चेलिबेटीसंग पनि जोडिएको, सूर्यको उपाशक देविदेवता संग पनि जोडिएको, भीम जस्ता बलवान पराक्रमी संग जोडिएको पर्व अट्वारी हो’ चौधरीले भने,’यो थारु समुदायको दोस्रो ठूलो चार्ड हो।’

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्। ब्रत बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ अट्वारीको दोस्रो दिन अर्थात् सोमबार तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन्। तर, पछिल्लो समय यी र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन्। ‘हाम्रो भाषा, संस्कृती हराउन थालेका छन्। संरक्षण गर्न जरुरी छ’ माबी सौडियारका बिद्यालय ब्यबस्थापन समिति सदस्य थारु युबा जिउधन चौधरिले भने,’हामीले विभिन्न समयमा अभियानहरू पनि चलाउँदै आयौँ। अझ व्यापक अभियानको खाँचो छ।’

पछिल्ला दिनहरुमा मौलिक संस्कृति मनाउने शैलीमा समेत परिवर्तन आउन थालेको छ। जसले गर्दा कला संस्कृति लोप हुने अवस्थामा पुग्न थालेका हुन्। समुदाय अनुसारको फरक-फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ।

चौधरीले भने, ‘हामीले विभिन्न समयमा अभियानहरू पनि चलाउँदै आयौँ। अझ व्यापक अभियानको खाँचो छ।’

पछिल्ला दिनहरूमा मौलिक संस्कृति मनाउने शैलीमा समेत परिवर्तन आउन थालेको छ। जसले गर्दा कला संस्कृति लोप हुने अवस्थामा पुग्न थालेका हुन्। समुदायअनुसारको फरक-फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *