बुद्धि र सुस्मितालाई टेबलटेनिसको स्वर्ण

खेलकुद/मनोरन्जन
Spread the love

काठमाडौँ — आर्मीका बुद्धिमान गुरुङ र प्राइम कलेजकी सुस्मिता खड्काले दोस्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । दुवै जुनियर यू–१९ सिंगल्समा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइज बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेत दोस्रो र पुलिसका गनञ्जय दाहाल र आर्मीका हिमाल विष्ट तेस्रो भए । गर्ल्स सिंगल्समा एभीएमकी वियन्का राईले रजत तथा मोर्डन कलेजकी दिया देउला र आर्मीकी याङ्गी पौडेलले कांस्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *