दाङमा आफ्नै छोराले वावुको गरे हत्या

समाचार
Spread the love

घोराही । बाबुको मुख हेर्ने दिन गएराति दाङ धर्नामा छोराले बाबुको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० वजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई प्रहरिले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन गरेका वावु र छोरा विच आपसि विवाद हुँदा सन्तोषले प्रे्रमलाई मुड्किले हानेर हत्या गरेको प्रहरीको भनाई छ । घर परीवारसंग पैसा मागिरहने र वावुले पैसा नदिए मार्ने, काट्ने भनेर छोरा सन्तोषले धम्की दिदै आएको खुलेको छ । छोराले वावु नमर्दै काजकिरीया गर्ने भन्दै कपालसमेत फालेको स्थानियहरुले प्रहरी समक्ष वयान दिएका छन् । विदेश गएर अलपत्र परेपछि घरका वावु आमाले पैसा हालिदिएर छोरालाई विदेशवाट फर्काएका थिए । विदेशवाट फर्केपछि छोराले दिनहुँजसो पैसा मागेर घर परीवारलाई सताउने गरेको पनि स्थानियहरुले प्रहरीलाई वयान दिएका छन् ।बुबामाथि निर्घात कुटपिट गर्ने सन्तोषलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको छ।

एसपी केसीका अनुसार सन्तोषले मुक्का र लात्तिले प्रहार गर्दा प्रेमबहादुरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

सन्तोषले यसअघि पनि मदिरा सेवन गरी पटकपटक बाबुमाथि कुटपिट गर्दै आएको एसपी केसीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *